साढे दुई लाखसहित जुवाडे पक्राउ

0
225
फाइल फोटो

चैत १,२०७७ काठमाडौं दक्षिणकाली नगरपालिका–३ भन्ञ्याङबाट साढे दुई लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ परेका छन्।

जगन्नाथ कार्कीको घरमा जुवा खेलिरहेको अवस्थामा दक्षिणकाली–५ का ४७ वर्षीय जयराम केसीसहित ११ जनालाई शनिबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुको साथबाट दुई लाख ६० हजार १४७ रुपैयाँ र तीन बुक तास बरामद गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

SHARE