ओलीले बालुवाटारमा गुटबन्दी गर्न हुने, म पेरिसडाँडा जान नहुने : भीम रावल

0
515

फागुन २९
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावल माओवादी केन्द्रको स्थायी कमिटीको बैठक चलिरहेका बेला शनिबार पेरिसडाँडा पुगे। नेता रावल माओवादीको बैठकमा सहभागी हुन पुगेपछि विभिन्न कोणबाट टिकाटिप्पणी भयो।

तर, उपाध्यक्ष रावलले आफूले राजनीतिक बिषयमा छलफल गर्नका लागि पेरिसडाँडा पुगेको स्पष्टीकरण दिएका छन्।

एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष रावलले भने, ‘म पेरिसडाँडा किन नजानेरु एक सशक्त पार्टी माओवादी केन्द्रसँग कुराकानी गर्न जान नहुनेरु केपी शर्मा ओलीले चाहिँ बालुवाटारमा गुटबन्दी गरेर आफ्नो मान्छे राखिराख्नेरु अनि हामीले चाहिँ किन कुरा गर्‍योरु किन गयो भनेर प्रश्न गर्नेरु’

उनले माओवादीको बैठकमा पुगेर सरकारको समर्थन तत्काल फिर्ता नलिन बताएको बुझिएको छ। तर, माओवादी केन्द्रले भने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको माओवादी नेताहरुलाई २४ घण्टाभित्र राजीनामा दिएर फर्किन निर्देशन दिएको छ।

‘पेरिसडाँडामा पुगेर अहिलेको राजनीतिक बिषयमा कुराकानी गरेको हुँ’ उपाध्यक्ष रावलले भने, ‘बाँकी के बिषयमा कुराकानी भयो भने म समय आएपछि भनौँला।’

तर, माओवादी नेता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष रावल आफ्नो व्यक्तिगत कामको लागि मात्रै आएको दाबी गरेका थिए। थाहाबाट

SHARE