परिवर्तन उल्टाउन चौतर्फी घेराबन्दी भयो : प्रचण्ड

0
326
फाइल फोटो

फागुन २८,२०७७ :माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले लामो लडाइँ लडेर प्राप्त गरेका उपलब्धि र परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको बताएका छन्। शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले दलित, जनजाति तथा आम जनताको अधिकारको लडाइँमा आफू सदैव रहने बताए।

ुजो गणतन्त्र, संविधान र समावेशिताहरु मन पराउँदैनथे, उनीहरु मिलेर यो परिवर्तन उल्ट्याइछाड्ने कसरतमा छन्। तर, शान्तिपूर्ण आन्दोलन जारी रहेकोले यी परिवर्तनको साक्षी छु मु, उनले भने, ुयो षडयन्त्रलाई निर्मूल पार्न म जीवित हुदाँसम्म कसैले पनि हाम्रा परिवर्तन र उपलब्धिहरूलाई उल्टाउन सक्दैन।ु

लडेर ल्याएको संविधान र गणतन्त्रविरुद्ध भएको कदम विरुद्ध शान्तिपूर्ण तरिकाले लड्न आफू तयार रहेको पनि उनले उल्लेख गरे।

SHARE