गुल्मीको मालिका प्याराग्लाइडिङका लागि पोखरा पछि उत्तम (फोटो)

0
871

तिलाचन पाण्डे
फागुन २८,२०७७ गुल्मी : गुल्मीको मालिका गाउँपालिकामा प्याराग्लाइडिङ महोत्सव बिहीबार सम्पन्न भएको छ ।
मालिका गाउँपालिकाको आर्थिक सहयोगमा अर्खाबाङ र सिमलटारी ठूलीचौर बजार ब्यबस्थापन समितिको आयोजनामा फागुन १३ गते देखि सुरु भई फागुन २७ गते बिहीबार सकिएको हो । प्याराग्लाडिङ महोत्सवमा ८६ वटा उडान गरिएको स्काई लाइन प्याराग्लाइडिङका संचालक भुवन गाहा मगरले जानकारी दिए । मगरले गुल्मीको मालिका पोखरा पछि उडानका लागि उत्तम भएको बताए ।

मालिका गाउँपालिकाको वडानम्बर–४ को देउराली डाँडाबाट भएको उडानबाट मालिका गाउँपालिकासंगै मदाने लेक र अन्य यस क्षेत्रका पर्यटकीय संगै धार्मिक स्थलको अवलोकन गरेको वडा नम्वर ६ का वडा अध्यक्ष शोभाखर गिरीले जानकारी बताए ।
प्याराग्लाइडिङलाई निरन्तर संचालन गर्ने गर्ने आफूँहरुले योजना बनाएको गिरीले जानकारी दिए । युवाहरुलाई प्याराग्लाइडिङको माध्यमबाट रोजगारको व्यवस्था गर्न सहयोग पुग्ने गिरीको भनाई छ ।

आन्तरिक पर्यटकलाई आर्कषित गर्न प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । मालिका क्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधिमा समेत टेवा पुगेको गाउँपालिकाले जनाएको छ ।
अहिले महोत्सवका लागि मात्र नभई यसलाई ब्यबसायीक रुपमा नै संचालन गर्ने गरी गाउँपालिकाले सोचेको गाउँपालिकाकी उपाध्यक्ष देवा अर्यालले बताइन् ।

गाउँपालिकाले प्याराग्लाइडिङ मार्फत गाउँपालिकामा पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न यो कार्यक्रमले सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । साथै प्याराग्लाइडिङको शुल्क प्रति व्यक्ति दूई हजार तोकिएको थियोे ।
स्थानीयहरुले गाउँपालिकाले गाउँमा प्याराग्लाइडिङ संचालन गरेकोमा खुशी व्यक्त गरेका छन् । उनीहरुले महोत्सवमा मात्र नभई यस कार्यलाई निरन्तरता दिन गाउँपालिकालाई अनुरोध गरेका छन् ।
गाउँपालिकाले केही महिना अघि देउराली डाँडाबाट प्याराग्लाइडिङ सफल परीक्षण गरेको थियो ।

SHARE