पोखराका युवा व्यवसायीद्धारा गुल्मीको आशाका अपाङ्गलाई सहयोग

0
661

सूर्य सुनार
फागुन २७ ,२०७७ गुल्मी : पोखराका युवा व्यवसायी सोहिलेन्द्र सेन ठकुरी र विजय खत्रीले गुल्मीमा अपाङ्गताको क्षेत्रमा सहयोग गरेका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २ मा रहेको आशा अपाङ्ग केन्द्रमा सफा गर्ने भ्याकुमकिलिनर सहयोग गरिएको हो । उक्त सहयोग गरेकोमा युवा व्यवसायिकलाई आशा अपाङ्ग केन्द्र गुल्मीकी उपाध्यक्ष गंगा रायमाझीले धन्यवाद ब्यक्त गरिन् ।
युवा व्यवसायी सोहिलेन्द्र सेन ठकुरीले आफूले भ्रमणका क्रममा आएको समयमा आशा अपाङ्ग केन्द्र र उपल्लो तम्घास माध्यामिक विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे।
त्यस्तै उपल्लो तम्घास माध्यामिक विद्यालयमा फरक क्षमता भएका बालबालिकाहरुलाई उनीहरुले एक छाक खाना समेत खुवाए । उपल्लो तम्घास माध्यामिक विद्यालयमा ३० जना फरक क्षमता रहेका बालबालिकाहरुलाई खाना खुवाइएको थियो ।
विद्यालयमा आएर फरक क्षमता भएका अपाङ्ग बालबालिकाहरुलाई एक छाक खाना खुवाएकोमा विद्यालयकी प्रधानध्यापक पिंकि भुसालले धन्यवाद दिइन् । आगमी दिनमा पनि बिद्यालयले सहयोगको अपेक्षा गरेको भुसालले बताइन् ।
सहयोगी युवा व्यवसायिक द्धय ठकुरी र खत्रीले आगमि दिनमा पनि गुल्मी जिल्लामा सहयोग गर्ने प्रतिबद्धता जनाए।
जिल्लामा सहयोग गर्नको लागि राजु पाण्डे र विष्णु खत्रीले सहयोग कहाँ र कसरी गर्ने भन्ने विषयमा सहजीकरण गरेका थिए ।

SHARE