रेसुंगा नगरपालिकाका नौ का ४२ जनालाई ड्राइभिङ तालिम

0
478

फागुन २७,२०७७ गुल्मी : जिल्लाको रेसुंगा नगरपालिकाले वडा नम्बर नौ का ४२ जना युवाहरुलाई सीपमुलक तालिम अन्र्तगत ड्राइभिङ तालिम संचालन गरेको छ ।
नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम अन्र्तगत सीप मुलक तालिम संचालन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।
महिला ,युवा र दलित लक्षित कार्यक्रमबाट तीन लाखको बजेटमा १९ जना महिला र २३ जना पूरुषहरुलाई सीपमुलक तालिम संचालन गरिएको वडा नम्बर ९ का वडा अध्यक्ष नारन सुनारले बताए ।
वडाले सूचना प्रकाशन गरी आवेदन माग गरिएकोमा ८६ जनाको आवेदन परेकाहरुमध्येबाट ४२ जनालाई छनोट गरिएको सुनारको दाबी छ । आबेदन दिएकाहरु मध्ये केहीको प्रक्रिया नपुगेकालाई स्वत हटाइएको र बाँकी रहेका मध्येबाट छनोट गरिएको हो ।
उनीहरुले अनिवार्य रुपमा एक महिनासम्म सीप सिक्नुपर्ने र सिकेको सीपलाई ब्यबहारमा लागु गर्ने पर्ने नगरपालिकाको कार्यलयले जनाएको छ । उनीहरुलाई दैनिक तीन समुहमा बिभाजन गरी तालिम चलाइएको छ ।

तालिम संचालन गर्नुपूर्व सहभागीहरुलाई ट्राफिक प्रहरी कार्यालय गुल्मीले ट्राफिक सम्बन्धी ज्ञान र सचेतना प्रदान गरेको थियो ।

SHARE