वालिङमा मिर्गौला डायलासिस सेन्टर सञ्चालनमा

0
252

फागुन २७
स्याङ्जा : वालिङमा वैशाखदेखि मिर्गौला डायलासिस सेन्टर सञ्चालनमा ल्याइने भएको छ।

मिर्गौलामा खराबी देखिँदा समस्यामा परेका बिरामीलाई लक्षित गर्दै रोटरी क्लब अफ वालिङले गौतमबुद्ध मुटु अस्पताल बुटवलसँग सहकार्य गरी ५ करोड ५० लाख रुपैयाँ लागतमा डायलाइसिस सेन्टरको स्थापना गर्न लागेको हो।

वालिङ नगरपालिका(१०, फूलबारीमा भवन निर्माण अन्तिम चरणमा रहेको छ। आगामी वैशाख १ गते बाट डायलाइसिस सेन्टर संचालनमा आउने क्लबले जानकारी दिएको हो।

अहिले स्याङ्जाभित्रका मिर्गौला रोगका बिरामी बुटवल पोखरा जानुपर्ने बाध्यता छ। यो सेन्टर संचालनमा आएसँगै स्याङ्जा सहित छिमेकी जिल्ला पर्वतका हजारौं मिर्गौला पीडित प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ।

मिर्गौला दिवसका अवसरमा यहाँ क्लबले सचेतनामूलक प्रभातफेरी निकालेको छ। थाहाबाट

SHARE