समृद्ध राष्ट्र निर्माणकालागि गुल्मीका युवाले दिए विचार

0
256

सागर भण्डारी,
फाल्गुण २५,२०७७ गुल्मीः समृद्ध राष्ट्र निर्माणका लागि युवाका विचारहरु विषयक जिल्ला स्तरीय विचार लेखन प्रतियोगीता मुसिकोटमा सम्पन्न भएको छ ।

नेपाल सरकार युवा तथा खेलुकद मन्त्रालय, राष्ट्रिय युवा परिषद्को युवा प्रतिभा तथा खोजी र प्रोत्साहन कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगीतामा १६ जना सहभागी भएका थिए ।

१०० पूर्णाङ्कको उक्त प्रतियोगीतामा मुसिकोट नगरपालिका वडा नं ५ की सुधा खरेल प्रथम भइन् । त्यस्तै मुसिकोट नगरपालिका वडा नं ७ का विवेक काफ्ले द्धितिय, मुसिकोट नगरपालिका वडा नं २ का अनिश कुमार नेपाली तृतीय र मुसिकोट नगरपालिका वडा नं ७ की एलिसा सापकोटा सान्त्वना हुन सफल भइन् ।

सहभागीहरुले लेखेको विचारमध्ये समेटिएको क्षेत्र, नयाँपन तथा मौलिकता, कार्यान्वयन, कार्यान्वयन गर्न लाग्ने समय, विचारहरुले उद्यमशीलता र रोजगारीमा पार्ने प्रभाव, गरिबी न्यूनिकरण तथा दिगो विकास लक्ष्यमा पुर्याउन सक्ने योगदान, स्थानीय र राष्ट्रिय महत्व, औचित्य, राष्ट्र निर्माणमा पुर्याउने योगदान लगायतका विषयलाई आधार मानेर मुल्याङ्कन गरिएको मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्त्यालले जानकारी दिए ।

मुल्याङ्कन समितिमा मुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्त्याल, रुद्रावती बहुमुखी क्याम्पस वामीका शिक्षक दुर्गा सापकोटा, शारदा विद्या मन्दिर माध्यमिक विद्यालय वामी मैदानका प्रधानाध्यापक ज्ञानहरी सापकोटा लगायत रहेका थिए ।

प्रतियोगीतामा प्रथम हुनेले नगद रु.९ हजार, द्धितिय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वनालाई नगद ३ हजार रुपैयाँ तथा प्रमाण पत्र प्रदान गरिने बताईएको छ ।

त्यस्तै जिल्ला स्तरीय प्रतियोगीता अर्थात आज मगंलबारको प्रतियोगीतामा प्रथम हुन सफल प्रतियोगी प्रदेश स्तरीय प्रतियोगीतामा समेत सहभागी हुन पाउने मुसिकोट नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

SHARE