साढे दुई लाख रुपैयाँ र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

0
444

फागुन २५,२०७७ दाङ : दाङमा करिब साढे दुई लाख रुपैयाँ र लागु औषध ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको सरावस्ती थाना भरन्गाका घर भई दाङको लमही नगरपालिका–७ कप्तानगञ्जमा डेरा लिइ बस्ने २३ वर्षीय शम्शाद राजा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। राजालाई प्रहरीले सोमबार बिहान करिब साढे १ बजेतिर पक्राउ गरेको जनाएको छ।

राजाको साथबाट पाँचवटा सेतो प्लाष्टिकको पोकामा रहेको ४ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर र नगद नेपाली दुई लाख ४५ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। त्यस्तै, प्रहरीले उनको साथबाट बिनाबिलका ३१ थान कुर्ता, १० थान तन्ना, तीन थान धोती गरी थान ४४ कपडा समेत बरामद गरेको जनाएको छ।

SHARE