जनप्रतिनिधिलाई कानुन पढाउँदै गुल्मी प्रशासन

0
396

फागुन २५,२०७७ गुल्मी : गुल्मीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले कानुन ज्ञान बारे जानकारी दिन थालेको छ ।
जनप्रतिनिधिहरुले नागरिकता लगायत अन्य सिफारिसहरु गर्दा समस्या देखा पर्ने गरेकाले त्यसको बारेमा कानूनी जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका साहयक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
पहिलो चरणमा जिल्लाको कालीगण्डकी गाउँपालिकामा जनप्रतिनिधिहरु बिच कानुनी प्रक्रियाका बारेमा जानकारी गराइएको र सबै स्थानीय तहका जनप्रतिनिधिहरु बिच अभियानकै रुपमा कार्यक्रम संचालन गर्ने गरि लागिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जानकारी दिइन् ।
जिल्लाका ग्रामीण स्तरहरुबाट सेवाग्राहीहरु आउँदा स्थानीय तहले गर्ने नागरिकता लगायतका सिफारिसहरुमा कुनै समस्या नपरोस र सहज रुपमा सेवा प्रर्वाह गर्न सकियोस भन्ने उद्येश्यले कार्यक्रम गरिएको शर्माले बताइन् ।
यस्तै कार्यक्रममा बिपद ब्यबस्थापन ,अपराध न्यूनिकरण ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण लगायतका बिषयमा पनि छलफल भएको थियो । सामाजिक सुरक्षा भत्ता वितरणमा कतै अनियमितता भएको पाइएमा हदैसम्मको कानूनी कारवाही गर्ने शर्माले चेतावनी दिइन् ।
स्थानीय तहमा घटना घटे लगत्तै अर्थात ३५ दिनभित्रै घटना दर्ता गरेमा पछि आइपर्ने समस्या र झन्झटबाट मुक्त हुन सकिने भन्दै समयमै ब्यक्तिगत घटना दर्ता गर्न र गराउन शर्माले आग्रह गरिन् ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु, राजनीतिक दल तथा सरोकारवालाहरुले नागरिकता ,बहुबिवाह, पेन्सन लगायतका बारेमा आइपरेका समस्याहरुको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो । गाउँपालिकाले हालसम्म गरेका कार्यहरु र प्रगतिको बारेमा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी गराएका थिए ।
गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापको अध्यक्षता,उपाध्यक्ष ताराथापाको स्वागतमा कार्यक्रको संचालन ओमबहादुर थापाले गरेका थिए ।

SHARE