तम्घासबाट सवारीसाधन चोरी गर्ने अभियुक्त सार्वजनिक

0
285

फागुन २५,२०७७ गुल्मी : गुल्मीमा सवारी साधन चोरी गर्ने अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
सदरमुकाम तम्घासमा सवारी चोरी गर्ने रेसुंगा नगरपालिका ७ भुजेलखर्कका २३ बर्षका सन्दिप चुँदारालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
फागुन २२ गते रेसुंगा नगरपालिका वडा नम्बर १ उदिनढुङगामा पार्किङ गरी राखेको लु ५७ प ४५५ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको अभियुक्तले स्वीकार गरेको प्रहरीले जनाएको छ । चुँदाराले तारलाई डाइरेक्ट गराई स्टार्ट गरी लिएर जाँदै गर्दा मिलन चोकमा स्टार्ट बन्द भएको सो मोटरसाइकल त्यँही छाडी सोही स्थानमा रहेको बा ७४ प ९३९० नम्बरको मोटरसाइकल लिइ हिडेको गुल्मी जिल्लाका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्राइले जानकारी दिए ।
यस्तै फागुन १८ गते रेसुङगा नगरपालिका वडा नम्बर १ आर्दश पथमा पार्किङ गरी राखेको लु १ च ६१६४ नम्बरको बोलेरो जिप चोरी गरेको चुँदाराले स्वीकार गरेको प्रहरीले जनाएको छ । उक्त जिपको डोका पेचकसले खोली जिप भित्र रहेको सानो चावीले स्टार्ट गरी सत्यवती गाउँपालिकाको उल्लीखोलामा पुग्दा स्टार्ट बन्द भएकाले त्यही छाडी हिडेको प्रहरीले जनाएको छ ।
चुँदारालाई जिल्ला अदालत गुल्मीमाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चुँदाराले तम्घासमा रहेको मेटल वर्क सपमा काम गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

SHARE