
फागुन २४,२०७७ गुल्मी : इश्मा गाउँपालिकाले १११ औँ अन्र्तराष्ट्रिय महिला दिबस मनाएको छ ।
गाउँपालिकाको आयोजनामा महिला हक हितका प्ले कार्डहरु सहित वडा नम्बर ६ को अमरपुरको ओमप्रकास माध्यमिक बिद्यालयको परिषरमा प्रभातफेरी समेत गरिएको थियो ।

इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बिष्टको अध्यक्षतामा उपाध्यक्ष बिमला खत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा अध्यक्षहरु , कार्यपालिका सदस्य , वडा सदस्यहरु , राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रमुख तथा पत्रकारहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष बिमला खत्रीले महिलाहरुको बर्तमान अबस्थाको बारेमा तयार पारेको प्रतिबेदन समेत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा कलाकार हरिखत्री लगायतको प्रस्तुती रहेको थियो ।









