
सूर्य सुनार
फागुन २२ ,२०७७ गुल्मी : गुल्मीमा अपांग बाल अस्पताल पुर्नस्थापना केन्द्रले अहिले सम्म ५५० जना बालबालिकाको उद्धार तथा सहयोग गरेको छ ।
जिल्लामा कार्यालय स्थापना भएपछि अहिले सम्म अपाङ्ग भएका बालबालिकाहरुलाई उद्धार तथा सहयोग गरेको अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्द्र गुल्मीका कार्यालय प्रमुख होमराज केसीले जानकारी दिए । जिल्लाका विभिन्न स्थानीय तहसंग संस्थाले समन्वय गरी अपाङ्ग बालबालिकाको क्षेत्रमा काम गरिरहेको अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्दले जनाएको छ ।
समुदाय स्तरमा गएर १५ सय व्यक्तिलाई अपाङ्गता सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको अपांग बाल अस्पताल पुर्नस्थापना केन्द्र गुल्मीका कार्यालय प्रमुख के।सीले बताए । १८ बर्षसम्मका शारीरिक अपांगता भएका बालबालिकाहरुलाई परीक्षण एवंम पहिचानका लागि स्वास्थ्य तथा पुर्नस्थापना घुम्ति शिविर संचालन समेत कार्यक्रम गरेको कार्यालय प्रमुख के।सीले बताए।
संस्थाले जिल्लामा सक्रिय भई समाजमा अपाङ्गताको क्षेत्रमा काम गरिरहेको छ ।








