अनेरास्ववियू गुल्मीमा पद तथा गोपनियताको सपथ ग्रहण

0
331

गुल्मी, २२ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षनिकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्ला कमिटी गुल्मीमा निर्वाचित पदाधिकारीहरुको लागि शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा गुल्मीका विद्यार्थी फ्याक्सन इन्चार्ज भुपाल पोखरेलले अनेरास्ववियूका पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका थिए । फागुन ८ गते अनेरास्ववियू र राष्ट्रिय युवा संघको भेलाबाट चयन भएका पदाधिकारीहरुलाई शनिबार शपथ ग्रहण गराइएको हो । अनेरास्ववियूले संगठनलाई चुस्त बनाउनको लागि जिल्ला अध्यक्ष नविन अर्यालको संयोजकत्वमा १५ सदस्यिय कार्यदलको गठन गरेको छ भने ३३ सदस्यिय सचिवालयको गठन गरेको छ ।
संगठनले विभिन्न विभागहरु पनि गठन गरेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा रमेश पाण्डे र उप–प्रमुखमा अशोक नेपाली, प्रचार–प्रसार विभाग प्रमुखमा हुमाकान्त पोखरेल र उप–प्रमुखमा मधुसुदन पाण्डे, आर्थिक विभाग प्रमुखमा हुमाकान्त पोखरेल, खेलकुद विभाग प्रमुखमा हरी कुँवर र उप–प्रमुखमा कपिल पाण्डेले जिम्मेवारी पाएका छन् ।
त्यस्तै उत्पिडीत विद्यार्थी प्रमुखमा विष्णु विक र उप–प्रमुखमा अशोक नेपाली, महिला विभाग प्रमुखमा लक्ष्मी अर्याल र उप–प्रमुखमा सिता विश्वकर्मा, जनजाति विभाग प्रमुखमा विशाल थापा र उप–प्रमुखमा भरत मुखिया रहेका छन् । कार्यक्रमले संगठन विस्तारका लागि प्रतिनिधिसभा र प्रदेश सभाको लागि पनि जिम्मेवारी बाँडफाँड गरेको छ । जसअनुसार संघीय निर्वाचन क्षेत्र नम्बर १ मा बालेन श्रेष्ठ संयोजक र निलम ठटराई सह–संयोजक तोकिएका छन् भने संघीय निर्वाचन क्षेत्र नम्बर २ मा सन्तोष कुँवर संयोजक र सागर खत्री सह–संयोजक तोकिएका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा विष्णु प्रसाद भण्डारी र ‘ख’ मा विकास ज्ञवाली संयोजक तोकिएका छन् । क्षेत्र नम्बर २ को ‘क’ मा सागर खत्री, अमृत थापा र आमुल थापा तथा ‘ख’ मा इन्द्र पोखरेलले संयोजकको जिम्मेवारी पाएका छन् । कार्यक्रममा अनेरास्ववियू निबर्तमान संयोजक राजेन्द्र विक्रम कुँवर, सह–संयोजक भरत चन्द, संगठन विभाग प्रमुख श्रीराम महत र उप–प्रमुख राजन केसीलाई संगठनमा गरेको योगदानबापत उच्च सम्मान गर्दै बिदाई गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले देश र जनताको पक्षमा समग्र विद्यार्थी आन्दोलनलाई एकढिक्का बनाउनको लागि दरिलो भएर उभिन आग्रह गरे । विशेष अतिथि नेकपा गुल्मीका नेता एवम् विद्यार्थी फ्याक्सन सह–इन्चार्ज ओम कार्कीले पार्टी एकतादेखि हालसम्मको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम अनेरास्ववियूका अध्यक्ष ननि अर्यालको अध्यक्षता, उपाध्यक्ष बालेन श्रेष्ठको स्वागत मन्तव्य, अर्का उपाध्यक्ष विष्णु विकको धन्यवाद मन्तव्य तथा सचिव किसन पाण्डेको संचालन भएको थियो ।

SHARE