रेसुंगा विमानस्थल निर्माणको कार्य तिब्र गतिमा

0
542

तिलाचन पाण्डे
फागुन २१,२०७७ गुल्मी : रेसुंगा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको छ ।
पछिल्लो समयमा बिमानस्थलको टर्मिनल भवन र धावन मार्गको कामले तिब्रता पाएको विमानस्थल निर्माणका प्राबिधिक दिनेश परियारले जानकारी दिए ।
टर्मिनल भवन निर्माणको जिम्मा पाएको बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । २०७६ चैत ४ गते ४ करोड ५ लाखमा सम्झौता भई २०७८ असोज अन्तिममा भबन निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्छ । तोकीएकै समय अबधिमा निर्माण सम्पन्न गर्ने निर्माण ब्यबसायी हरिकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले गरिरहेको छ । उसले अहिले धावन मार्गको सब बेशको कार्य गरिरहेको छ । रौताहा हरि हरि जेभीले गत कात्तिकमा निर्माण सम्पन्न गर्ने गरि ७ करोड ५ लाख रुपियाँमा सम्झौता भएको थियो । समयमा काम सम्पन्न नभएका कारण जेठ सम्मका लागि म्याद थप भएको छ ।


यस्तै बिमान स्थलको घेरावारको काम सम्पन्न भइसकेको छ । कुल ९१ लाखमा घेरावारको काम मौषम हरिष निर्माण सेवा डोल्पाले सम्पन्न गरेको हो ।
२०६३ साल असार २५ गते तत्कालीन नागरिक उड्यन तथा संस्कृति मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरेका थिए । २०६३ सालमा विमानस्थलको शिलान्यास भएपनि २०७२ साल पछि निर्माणको कामले निरन्तरता पाएको हो ।
विमानस्थलको निर्माण कार्य सम्पन्न हुँदासम्म ३५ करोड सम्म खर्च लाग्ने परियारको भनाई छ । विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ । कुल १५६ रोपनी जग्गामा बिमानस्थलको एरिया छ । १५६ रोपनी जग्गा मध्ये७९ रोपनी जग्गा अधिकरण गरिएको हो भने बाँकी जग्गा सार्वजनिक जग्गा रहेको रेसुङगा नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष पदम अर्यालले जानकारी दिए ।

२०७५ साल जेठ २५ गते तारा एयरको ९ एनएकेएल विमानले परीक्षण उडान गरेको थियो । आगामी दशै देखी नियमित उडान भर्ने लक्ष्य लिएको वडा अध्यक्ष अर्यालले बताए ।
पछिलो समयमा बिमानस्थल निर्माण कार्य देख्दा गुल्मेलीहरुको जहाज चढेर राजधानी जाने रहर छिट्टै पुरा हुनेमा आँफू बिश्वस्थ रहेको स्थानीय हरि घिमिरेले बताए ।

SHARE