चैते धान पकेट क्षेत्रका कृषकलाई प्रबिधि सिकाइदै

0
567

सुशीला रेग्मी
फागुन २०,२०७७ पाल्पा : चैते खेती पकेट क्षेत्रका कृषकलाई प्रबिधि सम्बन्धी ज्ञान सीप सिकाउन थालिएको छ ।
पाल्पाको रामपुर नगरपालिका वडा नं ४ स्थित तल्लो वडमान कृषक समुहका २९ कृषकलाई खेती गर्ने प्रबिधि सम्बन्धी ज्ञान सीप सिकाइदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत रामपुर नगरपालिकाले वडमान क्षेत्रमा चैते धान खेतीका लागि पकेट कार्यक्रम संचालन गरेको छ ।
समुहका अध्यक्ष ओमबहादुर रानाको अध्यक्षतामा भएको तालिम रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले उद्घाटन गरिन् । तालिम उद्घाटन गर्नुहुदै नगर उपप्रमुख आचार्यले रामपुर नगरले कृषिमा प्राथमिकता दिएर काम गरेको बताउँदै कृषकको माग र आवश्यकता हेरिकन वजेट उपलब्ध गराउने गरेको बताइन् । उनले रामपुरको उत्पादन बृद्धि गरी स्थानीय स्तरमा मात्र नभई बाहिरी शहर बजारमा पनि बिक्रिका लागि पठाउने गरी व्यवसाय गर्न कृषकलाई आग्रह गरिन् ।
यहाँका कृषकलाई आधुनिक प्रबिधिको प्रयोग र उन्नत जातको वीउ प्रयोग गरी उत्पादन बढाउने गरी खेती गर्न सिकाउने उद्धेश्यले दुईदिने तालिम आयोजना गरी ज्ञान सीप सिकाउन सुरु गरिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिए ।
शाखा प्रमुख पाण्डेय र प्राबिधिक प्रज्वल केसीले उन्नत धानखेती प्रबिधि, खेती पद्धत्ति, माटो, हावापानी, लगाउने समय, मलखाद व्यवस्थापन, छरुवा धान खेती प्रबिधि, धान खेतीमा कृषि यान्त्रिकरणको प्रयोग लगायतका सम्बन्धमा सहभागीलाई ज्ञान सीप सिकाए ।
आउँदो चैत १५ गते बडमान खेतमा पकेट क्षेत्र कार्यक्रम अन्र्तगत करिव तीन सय दुई रोपनी क्षेत्रफलमा धान रोपाई गर्ने तयारी छ । समुहका सचिव पविसरा पचभैयाको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद उपाध्यक्ष तुलबहादुर थापाले दिए भने संचालन सल्लाहकार बलबहादुर पोखरेलले गरे ।

SHARE