गुल्मीमा वडा कार्यालय तोडफोड गरी नगद चोरी

0
406

फागुन १७,२०७७ गुल्मी : गुल्मीमा गएराती रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ६ रिमुवाको वडा कार्यालय तोडफोड गरि नगद चोरी भएको छ ।
वडा कार्यलयको टेवलको लकरमा रहेको नगद पाँच हजार र दराजमा रहेको नगद ६० हजार गरी कुल ६५ हजार चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै सोही वडाको बिष्णुबहादुर सिंजालीको होटलको ढोका फोडी नगद ६ हजार ,बिष्णु पौडेलको घरको ताल्चा फोडी कोठा भित्रको दराजमा रहेको नगद ४० हजार , ५ तोला बराबरको सुनका गहना, ४ तोला बराबरको चाँदीको पाउजु चोरी भएको छ ।
यस्तै सोही वडाकै गणेश पौडेलको संगम होटलको ताल्चा फोडी नगद नौ हजार ,नवराज बस्नेतको घरको ताल्चा फोडी नगद ५५ हजार , मधु पछाइको किराना पसलबाट नगद ६ हजार र पैँचो पसलको ताल्चा फोडी नगद आठ सय चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोतम पाण्डेले जानकारी दिए ।
घटना स्थलको मुचुल्का तयार पारी तीन जना संकास्पद ब्यक्तिहरुलाई नियन्त्रणमा लिइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE