गुल्मीदरबार गाउँपालिकामा उत्कृष्ट कार्य गर्ने ६ जना कर्मचारी सम्मानित

0
326

फागुन १५,२०७७ गुल्मी : गुल्मीदरबार गाउँपालिकाले यस आर्थिक बर्षमा उत्कृष्ट कार्य गर्ने ६ जना कर्मचारीहरुलाई सम्मानित गरेको छ ।
सातौ गाउँसभाको अबसरमा गाउँपालिकाका बिभिन्न शाखाहरुमा रहेर उत्कृष्ट कार्य गर्ने कम्प्युटर अपरेटर टुकबहादुर राना ,सूचना प्रबिधि अधिकृत सुरेश खनाल , अधिकृत छौठौं टंकप्रसाद पन्थी , वडा नम्बर तीनकी वडा सचिब पूर्णिमा घिमिरे ,बीरबास स्वास्थ्य चौकीकी सिनियर अनमी इन्दु घर्ति मगर र स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्याललाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
कर्मचारीहरुसंग गरिएको कार्यसम्पादन मुल्याङकनको आधारमा उहाँहरुलाई कार्यपालिकाको बैठकबाट पारित गरी नगद पाँच हजार र सम्मान पत्रले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
कर्मचारीहरुको मनोबललाई अझ माथि उठाउनका लागि यसरी उत्कृष्ट कर्मचारी सम्मान गरिएको र यसले अझै कार्यमा थप जिम्मेबारी बनाउने गाउँपालिकाले बिश्वास लिएको छ । कर्मचारीहरुलाई सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले सम्मानित हुने उत्कृष्ट कर्मचारीहरुलाई बधाई ब्यक्त गरे ।

SHARE