गुल्मीमा विवरण दर्ता अपरेटरहरुलाई जिल्लाबाट बिदाई

0
35

फागुन १२,२०७७ गुल्मी ः गुल्मीमा एक लाख २९ हजार ३५९ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाका १२ वटा स्थानीय तहहरु मध्ये धुर्कोट गाउँपालिकाकमा १० हजार ५८०,मदानेमा नौ हजार ७८० ,गुल्मीदरबारमा ११ हजार ९०५ र छत्रकोटमा १० हजार ८३९, इश्मामा नौ हजार ३५८ , कालीगण्डकीमा नौ हजार ३१ , रुरुक्षेत्रमा नौ हजार ५९९ ,चन्द्रकोटमा नौ हजार ४५० ,सत्यवतीमा १० हजार ६६४ , मालिकामा १० हजार २४० , मुसिकोट नगरपालिकामा १४ हजार ६७८ रेसुङगा नगरपालिकामा १३ हजार ३९जनाको विवरण दर्ता कार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धब पन्थीले जानकारी दिए ।
दर्ता अपरेटरलाई बिदाई
जिल्लाका १२ स्थानीय तहमा गएर विवरण दर्ता गर्न खटिएका दर्ता अपरेटरहरुलाई जिल्ला प्रशासन कार्यालयले बिदाई गरेको छ ।
स्थानीय तहमा गएर विवरण दर्ता गर्ने अभियान सम्पन्न भएकाले उनीहरुलाई जिल्लाबाट बिदाई गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा रहेर कात्तिक ३ देखि फागुन ५ गतेसम्म विवरण दर्ता अभियानमा खटिएका ५८ जनालाई एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।
५८ जना मध्ये केहीले पाल्पा जिल्लामा रहेर विवरण दर्ता अपरेटरको रुपमा समेत काम गर्नेछन् ।

SHARE