
अनिष पन्थी
फागुन १०,२०७७ गुल्मी : गुल्मीमा आफ्नै बुहारीले ससुराको हत्या गरेको आरोपमा बुहारी प्रक्राउ परेकी छिन्।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका तीन की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्ना ८७ वर्षका ससुरा नन्दकुमार ज्ञवालीले हत्या गरेको आरोपमा उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
फागुन ८ गते उनका ससुरा आफ्नै ओछ्यानमा मृत भेटिएका थिए त्यसपछि घटना रहस्यमय देखिए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीले फागुन ९ गते उनकी बुहारीलाई पक्राउ गरेको थियो ।अदालतबाट म्याद थप गरि घटना बारे थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए।








