भबन निर्माण सकेर हस्तान्तरण गर्ने समय गुज्रिँदा बल्ल निर्माण ब्यबसायी सम्पर्कमा

0
304

तिलाचन पाण्डे
फागुन १०,२०७७ गुल्मी : गुल्मीमा स्वास्थ्य चौकीको निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समय गुज्रिँदा बल्ल निर्माण ब्यबसायी सम्पर्कमा आएका छन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं पाँच ग्वाघामा स्वास्थ्य चौकीको निर्माणधिन भबन अलपत्र पारेर निर्माण ब्यबसायी सम्पर्क विहीन थिए । सम्बन्धित कार्यालयले निर्माण ब्यबसायीलाई सम्पर्कमा नआएको र सम्पर्कमा आउन भनी पटक पटक सूचना प्रकाशन गर्दा बल्ल तल्ल सम्पर्कमा आएको संघीय आयोजना कार्यन्वयन इकाई रुपन्देहीले जनाएको छ ।
२०७५ साल चैत ५ गते कर्मा कन्ट्रक्सन प्रालि काठमाण्डाँै र संघीय आयोजना कार्यन्वयन इकाई रुपन्देही बिच एक करोड ६१ लाख ४४ हजार ७३८ रुपैयाँमा भबन निर्माण कार्य गर्ने सम्झौता भयो । सम्झौता पत्र अनुसार २०७७ साल असोज १९ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । कार्य सम्पन्न हुने कुरा त परै जावस कार्यालयले सम्पर्क विहीन भएका निर्माण ब्यबसायीलाई बल्ल तल्ल सम्पर्कमा ल्याएको छ
निर्माण ब्यबसायी सम्पर्कमा आएका छन् ः संघीय आयोजना
यता संघीय आयोजना कार्यन्वयन इकाई रुपन्देहीले लामो समय पछि निर्माण ब्यबसायी सम्पर्कमा आएको जनाएको छ । कार्यालयका प्रमुख विदुर खडकाका अनुसार निर्माण ब्यबसायी सम्पर्कमा आएको र एक दूई दिन भित्रैबाट स्वास्थ्य चौकी भबनको निर्माण कार्यले निरन्तरता पाउने दाबी गरे ।
अन्तिम मौका दिन्छौ , काम सम्पन्न नगरे कालो सूचिमा राख्छौ
निर्माण ब्यबसायीलाई बैशाख महिना सम्मका लागि काम सम्पन्न गर्ने गरि म्याद थप गर्ने प्रक्रियामा रहेको खडकाले जानकारी दिए । निर्माण ब्यबसायीका लागि यो अन्तिम मौका भएकाले थपिएको समयमा पनि काम सम्पन्न नगरे कालो सूचिमा राखेरै छाड्ने उनले दाबी गरे ।
निर्माण ब्यबसायीले स्थानीयको रकम पनि नदिएको बताएका छन्नी भन्ने प्रश्नमा खडकाले त्यो आन्तरिक बिषय भएको बताए । खडकाका अनुसार हामीहरुले निर्माण ब्यबसायी र मापदण्ड अनुसारको कामलाई जान्ने भएकाले त्यो उहाँहरुको आन्तिरिक बिषय भएको बताए ।
स्थानीयहरुको पसल , खाद्यन्न , ढुङगा,गिटी , बालुवा र स्थानीय ज्यामीहरुको करिब १६ लाख रुपियाँ नदिइ निर्माण ब्यबसायी रातारात भागेको उजुरी गाउँपालिकामा आएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्धोर्ण खत्रीले बताए । त्यसका लागि संघिय आयोजना कार्यन्वयन इकाईलाई आँफूले लिखित रुपमा नै पत्रचार गरेको खत्रीले बताए ।
स्थानीय ज्यामीहरुको ज्याला नदिइ भाग्नेलाई कारवाही गर्छौ ः प्रजिअ शर्मा
यता गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले स्थानीय ज्यामीहरुको ज्याला र तिर्नुपर्ने रकम नदिने निर्माण ब्यबसायीलाई आवश्यक कारवाही गर्ने बताइन् । उहाँहरुलाई एकपटक बोलाएर छलफल गर्ने र आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने शर्माले बताइन् ।

SHARE