गुल्मीमा निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी सरोकारवालाहरु बिच अन्र्तक्रिया

0
335

फागुन ९,२०७७ गुल्मी : गुल्मीमा निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी सरोकारवालाहरु बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा आइतबार जिल्लामा रहेका राजनीतिक दल , नागरिक समाज ,पत्रकार लगायत सरोकारवालाहरु बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
निर्वाचन आयोगको कार्यालयबाट हालसम्म भएका गतिबिधीहरु र आचार संहिता बारे निर्वाचन कार्यालय गुल्मीका निमित्त प्रमुख श्यामलाल पाण्डेले जानकारी गराएका थिए ।
आचारसंहिता कार्यन्वयनका बारेमा सरोकारवालाहरुले जिज्ञासा राखेका थिए भने प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

SHARE