राष्ट्रिय युवा संघ नेपाल, गुल्मीको संयोजकमा महत

0
437

फागुन ९,२०७७ गुल्मी : प्रचण्ड –नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको संंगठन राष्ट्रिय युवा संघ गुल्मीको भेला सम्पन्न भएको छ ।
भेलाले श्रीराम महत संयोजक तथा अशोक श्रेष्ट सह–संयोजक रहने गरी राष्ट्रिय युवा संघ नेपाल, गुल्मीको सम्मेलन आयोजक कमिटी गठन गरेको हो । युवा संघ नेपाल, गुल्मीका संयोजक ओली पक्षमा देखिएपछि नेकपा प्रचण्ड–नेपाल पक्षले महतको नेतृत्वमा सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

प्रचण्ड नेपाल पक्षमै रहेका संगठनका सह–संयोजक नारायण चन्दले नेतृत्व श्रेष्टलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमा बोल्दै संयोजक महतले वर्तमान प्रधानमन्त्री केपी ओलीले गरेको असैंवधानिक कु विरुद्ध युवाहरु एकजुट भएर लाग्ने बताए । जिल्लाका सबै पालिकाहरु तथा जिल्लास्तरिय समेतको युवा संगठन पुर्नगठन गर्दै संगठनलाई गति दिने महतको भनाई छ ।

SHARE