मालिका माद्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न

0
12

फागुन ०८,२०७७ गुल्मी
गुल्मीको मालिका गाउँपालिका ८ स्थित मालिका माद्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

कुशल व्यवस्थापन,प्रविधि मैत्री शिक्षा र सरोकारवालाहरुको अप्ननत्व सहितको नमूना विद्यालय भन्ने मुल नाराका साथ तिन दिनसम्म चलेको वार्षिकोत्सबमा विविध खेलकुद कार्यक्रम सगैं सास्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

६१ औं वार्षिकोत्सबको अवसरमा अन्तर मावि स्तरीय भलिबल प्रतियोगीता , छिमेकी विद्यालयबिच हाजिरी जबाफ प्रतियोगीता , नृत्य प्रतियोगीता साथै अन्तरसदनात्मक विविध खेलकुद कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम, दोस्रो ,तेस्रो हुनेलाई प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिको छ ।

शुक्रवार समापन कार्यक्रमलाई मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुरले सम्बोधन गरेका हुन । सम्बोधन गर्दै अध्यक्ष थापाले यस विद्यालयले धेरै चुनौती पार गर्दै उल्लेखनीय प्रगति गरेको बताए । साथै अध्यक्ष थापाले विगत स्मरण गर्दै म कुनै समय यसै विद्यालयको विद्यार्थी थिए ।

यस विद्यालयको भुत पुर्व विद्यार्थी हु भन्दा आफुलाई गौरव लाग्ने उल्लेख गरे । साथै शिक्षकहरु समाज रुपान्तरणका मेरुदण्ड भएको बताउदै आफ्नै भुमिका इमानदार संंंग निर्वाह गर्न आग्रह समेत गरेका छन् ।

त्यस्तै सामाजिक विकास समितिका संयोजक तथा गाउँपालिकाका प्रवक्ता शोभा गिरिले विद्यालयको वार्षिकोत्सबको नारा जस्तै काम पनि त्यस्तै गर्न उल्लेख गदै विद्यालयको आवश्यकता तथा अवस्था अनुसार गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

पुर्व प्रधानाध्यापक विनोद श्रेष्ठ,पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर जिसि, मालिका गाउँपालिका शिक्षा अधिकृत तुल्सिराम न्यौपाने , वडा अध्यक्ष टिका बहादुर जिसि, गाउँ शिक्षा समितिका संयोजक शोभाखर गिरि त्यस्तै अक्षयकोष दाता सन्तोष लम्साल र चुरामणी अर्यालले कार्यक्रममा मतब्य व्यक्त गरेका थिए ।

भने विद्यालयका प्रधानाध्यापक हेमराज पौडेलले विद्यालयको एक करोड ६८ लाख ५५ हजार चार ९४ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । वार्षिकोत्सबको अवसरमा २ जना पुर्व प्रधानाध्यापक र ९ जना पुर्व शिक्षकलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको छ ।

त्यस्तै विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीलाई जेहेन्दार ,अपांग विद्यार्थीलाई प्रोत्साहन स्वरुप ७८ हजार रकम बराबरको छात्रवृत्ति वितरण गरिएको छ । वार्षिकोत्सबले विद्यालयको हरेक गतिविधिलाई सकृय पार्ना मद्दत पुराउने सहभागी अतिथिले प्रतिक्रिया दिएका छन । विद्यालयका सहायक प्रधानाध्यापक खिम बिक्रम जिसिको स्वागत मतब्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला अर्यालाको अध्यक्षता तथा शिक्षक कृष्ण प्रसाद अर्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

SHARE