गुल्मीका छ स्थानमा परिवार नियोजनसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुँदै

0
11

हुमाकान्त पोखरेल, गुल्मी
फागुन ०७ । गुल्मीका छ स्थानमा परिवार नियोजनसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । स्वास्थ्य कार्यालय, गुल्मीको आयोजना तथा परिवार नियोजन संघ, पाल्पा शाखाको सहयोगमा स्वास्थ्य शिविर हुने भएको हो ।
शिविरमा परिवार नियोजनको स्थायी बन्ध्याकरण पुरुषको लागि भ्यासेक्टोमी र महिलाको लागि मिनिल्याप सेवा उपलब्ध हुने परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीले जानकारी दिए । कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट स्वास्थ्य चौकीमा फागुन १४ गते, चन्द्रकोट गाउँपालिकाको शान्तिपुर स्वास्थ्य चौकीमा फागुन १६ गते, सत्यवती गाउँपालिकाको जोहाङ्ग स्वास्थ्य चौकीमा फागुन १८ गते शिविर संचालन हुने कार्कीले बताए ।
त्यस्तै मुसिकोट नगरपालिकाको वडागाउँ स्वास्थ्य चौकीमा फागुन २० गते, मदाने गाउँपालिकाको बाँझकटेरीमा फागुन २२ तथा तम्घासस्थित गुल्मी अस्पतालमा फागुन २४ गते निःशुल्क स्वास्थ्य शिविर हुने स्वास्थ्य कार्यालयले जनाएको छ । बडागाउँ स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सरको पनि जाचँ हुने भएकोले ३० बर्षभन्दा माथिका महिलाहरुलाई उपस्थित हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । मिनिल्याप सेवा लिने महिलाहरुलाई भने खालि पेट उपस्थित हुन र एकजना सहयोगी लिएर आउन पनि अनुरोध गरिएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । भ्यासेक्टोमी तथा मिनिल्याप सेवाको लागि बुटबलबाट डाक्टरहरु आउने आचार्यले बताए ।

SHARE