९५ हजार घुससहित गाउँपालिका इन्जिनियर पक्राउ

0
15

फागुन ४,२०७७ काठमाडौं : धादिङको गंगाजमुना गाउँपालिकाकी इन्जिनियर पूजा कार्की ९५ हजार घुससहित पक्राउ परेकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ठेक्का सम्झौताअनुसार काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने क्रममा सेवाग्राहीबाट लिएको घुससहित कार्कीलाई पक्राउ परेको जनाएको छ।

आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले इन्जिनियर कार्कीलाई ९५ हजार रुपैयाँसहित गाउँपालिका–५ स्थित उनको कोठाबाट मंगलबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।

SHARE