रामपुरमा आलु ब्लक सम्बन्धी अन्तक्रिया गोष्ठी

0
313

सुशीला रेग्मी
फागुन २,२०७७ पाल्पा : पाल्पाको रामपुरमा आलु ब्लक कार्यक्रम सम्बन्धि एक दिने अन्र्तक्रिया गोष्ठी भएको छ । विजयपुर कृषि सहकारीको आयोजना र कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाको आर्थिक सहयोगमा गोष्ठी भएको हो ।
सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मीको अध्यक्षतामा भएको गोष्ठीको उद्घाटन रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले गरे । नगर प्रमुख थापाले किसानले उत्पादन गरेका कृषि उपजले बजार पाउदैन कि भन्ने चिन्ता नगर्न र ढुक्कका साथ खेती गर्न अनुरोध गरे । बजारको अवस्था हेरेर कृषि उपजको मूल्य निर्धारण गर्ने र कृषिमा व्यवसाय गर्छु भनेर आउनेका लागि नगरपालिकाले सहयोग गरिरहेको बताए ।
कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले प्रदेश सरकारको सहयोगमा संचालित कार्यक्रमबारे जानकारी दिए । उनले रामपुरमा कृषकको उत्साह र मेहनत धेरै रहेको बताउदै पाल्पाकै नमुना कृषिको रुपमा रामपुर नगर उन्मुख हुदै गरेको बताए । पाल्पा जिल्लाकै एकमात्र आलु ब्लक कार्यक्रमका लागि ज्ञानकेन्द्रले यसवर्ष रामपुर नगरपालिका वडा नं ६ छनौट गरी आलु ब्लक कार्यक्रम संचालन गर्न २३ लाख वजेट विनियोजन गरेको बताए ।
गोष्ठीमा रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले रामपुरमा अब आलुको उत्पादन लिने समय रहेको हुदा त्यसको व्यवस्थापनका लागि नगरले तीन सय मेट्किटन क्षमताको शीत भण्डार निर्माण गरेको हुदा भण्डारणका लागि विजयपुर कृषि सहकारीको व्यवस्थापनमा वडाले ५० प्रतिशत भण्डारण सहयोग कृषकलाई गर्ने जानकारी दिए ।
सहकारीका उपाध्यक्ष घनश्याम देवकोटाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव एकराज ढकालले गरेका थिए । गोष्ठीमा रामपुर नगरपालिका निमिक्त प्रमुख प्रशासकिय अधिकृत तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले आलु उत्पादन र आलुका विभिन्न परिकार बनाउने सम्बन्धमा कृषकलाई जानकारी गराए ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं ६ का वडा सचिव बासुदेव ढकाल, विजयपुर कृषि सहकारीका संस्थापक अध्यक्ष सुर्यप्रसाद रेग्मी, सिताकुण्ड दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णकुमार अर्याल, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, सहभागी कृषकको तर्फबाट बिमला ढकाल लगायतले बोलेका थिए । आलु ब्लक क्षेत्रका कृषकलाई लक्षित गरेर गोष्ठी आयोजना गरिएको हो । सहभागीलाई धन्यवाद सहकारीका संचालक समिति सदस्य लेखनाथ रेग्मीले दिएका थिए

SHARE