धुर्कोटकी सुमालाई कुखुरा

0
416

बासुदेब पोखरेल
फागुन २,२०७७ गुल्मी : मिलीजुली महिला उद्यम समुह धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा द्वारा सुमा परियार लाई कुखुरा उपहार प्रदान गरेका छन्।

सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारामा गठित मिलिजुली महिला उद्यम समुह द्वारा समुहकी सदस्य सुमा परियार लाइ एक कार्यक्रमका बिच लोकल कुखुरा उपहार प्रदान गरेका छन्।

भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै समुहमा हेफर आधारशिला तालिम सम्पन्न भएपछी समुहका सबै सदस्यले उपहार प्रदान गर्ने सामुहिक प्रतिवद्धता गरे बमोजिम समुहमा आबद्ध सदस्य सुमा परियार को आर्थिक अबस्था कमजोर भएकोले एक कुखुरा उपहार गरे त्यस बाट उत्पादन हुने अण्डा र चल्ला बाट केहि आम्दानीमा टेबा हुने सोच समुहको रहेको छ ।
उपहार ग्रहण गर्दै समुह सदस्य सुमा परियारले मेरो घरमा आर्थिक अबस्था कमजोर भएको र समुह बचत गर्न पनि गाह्रो भएको अबस्थामा मलाई समुहले कुखुरा उपहार गर्नु भएको र यो कुखुरालाई संरक्षण गरि पालेर यस बाट उत्पादन भएको अण्डा र चल्ला बाट समुहमा गरिने बचत लाई प्रयोगमा ल्याउने बताइन् ।

मिलिजुलि महिला उद्यम समुह की अध्यक्ष गिता खनाल को अध्यक्षता रहेको कार्यक्रममा सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका समुदायिक सहजकर्ता माया थापा, हातेमालो समूह का सहयोगी टोलिका प्रतिनिधि कमला सामत, चुना सामत र समुहका सबै सदस्य उपस्थित रहेको कार्यक्रमको संचालन समुहकी सचिव लक्ष्मी खनालको संचालनमा सम्पन्न भएको थियो

SHARE