सुशीला रेग्मी
फागुन १,२०७७ पाल्पाः पाल्पाको रामपुरमा संचालन भएको चौथो युथ युनियन कप २०७७ को उपाधि वालिङ एफ सीले जित हात पारेको छ ।
मटेरी युथ युनियन क्लब रामपुर पाल्पाको आयोजनामा संचालन भएको ईलाभेन ए साइड खुल्ला पुरुष फुटवल प्रतियोगितामा रामपुर युनाइटेड र वालिङ एफ बीच फाइनल खेल भएको हो । पेनाल्टीमा रामपुर युनाइटेडले तीन गोल र वालिङ एफले चार गोल गरेका थिए ।
पेनाल्टीबाट उपाधी जित्न सफल वालिङ एफले रु एक लाख साथमा ट्रफी, मेडल र प्रमाण पत्र र उपविजेता रामपुर युनाइटेडले रु पचास हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । फुटवल प्रतियोगितामा पाल्पा, स्याङ्गजा, तनहुँका गरी १२ समुहको सहभागीता रहेको थियो ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै बधाई तथा शुभकामना दिए । खेलकुद क्षेत्रमा युवाको चासो बढेको बताउँदै नगरपालिकाले पनि यस्ता खेलकुदका कार्यक्रममा सहयोग गर्दै आइरहेको नगर प्रमुख थापाले बताए ।
रामपुर नगर माविस्तरिय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भुपु सैनिक बोर्डिङ्ग स्कुल, द्धित्तिय सीताराम मावि र तृत्तिय रामतुलसी मावि भएको छ । प्रथम पुरस्कार दश हजार, द्धित्तिय पुरस्कार पाँच हजार, तृत्तिय पुरस्कार दुई हजार पाँच सय साथमा प्रमाण पत्र प्रदान गरियो ।
क्लबका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागी अतिथि, पूर्व खेलाडी, सहयोगीलाई मायाको चिनो प्रदान गरिएको छ । साथै संचार माध्यमबाट योगदान गर्नुहुने पत्रकार सुशीला रेग्मी र प्रदिप पाण्डेयलाई सम्मान गरिएको छ । खेल संयोजक साजन चन्दले धन्यवाद दिनुभएको समापन कार्यक्रमको संचालन क्लबका सचिव दिपेन्द्रप्रसाद भट्टराईले गरेका थिए । क्लबका सल्लाहकार तथा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतमले स्वागत गरिन ।
पmुटवल प्रतियोगितामा द्धित्तिय पुरस्कार सौजन्य गर्ने प्रेमप्रकाश श्रेष्ठ र ट्रफी सौजन्य गर्नेे लायन्स क्लब अफ रामपुरका अध्यक्ष पुरुषोत्तम केसीले यस खेलले युवामा उत्साह बढेको बताए । उद्घाटनको अवसरमा गत माघ २६ गते रामपुर नगरपालिका वडा नं ४ र ५ का ३३ जना ज्येष्ठ नागरिकलाई हर्लिक्स र महले सम्मान गरिएको थियो ।