बर्दियाको वन क्षेत्रमा बनाइएका टहरा भत्काउन सुरु

0
429

फागुन १,२०७७ बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाका स्थानीयले वन क्षेत्रमा रातारात बनाएका टहरा डिभिजन वन कार्यालयको टोलीले भत्काउन सुरु गरेको छ।

वडा नम्बर ३ नेउलापुर गाउँस्थित चटकपुरमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी रातारात नयाँ टहरा बनाएको भन्दै डिभिजन वन कार्यालय गुलरिया बर्दियाबाट आएको टोली भत्काएको हो। राष्ट्रिय वन क्षेत्रमा पर्ने चटकपुर सुकुम्बासी बस्तीमा धेरै वर्ष अघिदेखि करिब ३३ घर परिवारको बसोबास रहेको थियो। भूमिहीन सुकुम्बासीको लगत संकलन सुरु भएको दुई दिनभित्रै नयाँ ५६ टहरा निर्माण भएकाले भत्काउन सुरु डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए।

डिभिजन वन कार्यालय गुलरियाबाट आएको प्रहरीसहितको शुक्रबार दिउँसोदिख टहरा भत्काउन सुरु गरेको हो।
भूमिहीनहरुको लगत संकलन गर्न सूचना जारी गरेपछि फारम भर्दा अव्यवस्थित बसोबास गरिरहेको भनी घरको फोटो आवश्यक परेकाले चटकपुर बस्तीमा रातारात घर बनाइएको बताएका छन्। राजनितिक दलका नेताहरुले पहिला घर बनाउ भनेकाले आफूहरुले बनाएको स्थानीयको भनाइ छ।

SHARE