गुल्मी काँग्रेसको बिरोध सभाको तयारी अन्तिम चरणमा, डा भण्डारीद्वारा सम्बोधन

0
384

माघ ३०,२०७७ गुल्मीः नेपाली काँग्रेस गुल्मीले संसद विघटनको असंवैधानिक कदम विरुद्ध गर्न लागेको बिरोध सभाको तयारी अन्तिम चरणमा पुर्याएको छ । नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार गुल्मी काँग्रेसको आयोजनामा फाल्गुण ३ गते सोमबार जिल्लाको सदरमुकाम तम्घासमा हुन लागेको बिरोध सभाको तयारी अन्तिम चरणमा पुर्याएको सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा हुन लागेको बिरोध सभालाई काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सांसद संविधान सभा सदस्य डा चन्द्र भण्डारीले बिरोध सभालाई सम्बोधन गर्ने बताए ।

गुल्मी काँग्रेसका अनुसार सदरमुकाम तम्घासमा बिरोध ¥याली र सभा हुनेछ । वर्तमान प्रधानमन्त्री ओलीको सम्पूर्ण ज्यादतीका विरुद्धमा पार्टी केन्द्रीय समितिले आव्हान गरेको बिरोध कार्यक्रममा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, पार्टीका क्षेत्र, प्रदेश र पालिकाका सम्पूर्ण, भातृ तथा शुभेच्छुक संस्थाका सम्पूर्ण र सम्पूर्ण गुल्मीबासीलाई बिरोध सभामा सहभागिता हुन् सभापति श्रेष्ठले आग्रह गरे ।

SHARE