राष्ट्रिय परिचयपत्रका लागि गुल्मीमा एक लाख २४ हजार ५८५ जनाको बिवरण दर्ता

0
354

तिलाचन पाण्डे
माघ ३०,२०७७ गुल्मीः गुल्मीमा एक लाख २४ हजार ५८५ जनाले राष्ट्रिय परिचयपत्रका लागि बिवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाका १२ वटा स्थानीय तहहरु मध्ये धुर्कोट गाउँपालिकाकमा १० हजार ५८०,मदानेमा नौ हजार ७८० ,गुल्मीदरबारमा ११ हजार ९०५ र छत्रकोटमा १० हजार ८३९, इश्मामा नौ हजार ३५८ , कालीगण्डकीमा नौ हजार ३१ , रुरुक्षेत्रमा नौ हजार ५९९ ,चन्द्रकोटमा नौ हजार ४५० ,सत्यवतीमा १० हजार ६६४ , मालिकामा १० हजार २४० , मुसिकोट नगरपालिकामा १४ हजार ६७८जनाको बिवरण दर्ता कार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धब पन्थीले जानकारी दिए ।
अहिले रेसुङगा नगरपालिकाका १४ बटै वडाहरुमा बिवरण दर्ताको काम भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । राष्ट्रिय परिचय पत्रले नागरिकका सेवा ,सुबिधा सङगै परिचय र अपराध नियन्त्रण गर्नका लागि पनि महत्वपुर्ण मानिन्छ ।
यस अघि नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माघ ११ गते जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचयपत्र लिइसकेका छन् । ज्ञवालीले २०७६ साल साउन ३२ गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्थायी स्टेशनको एक कार्यक्रमका बिच उद्धाटन गरी विवरण दर्ता गराएका थिए ।
मन्त्री ज्ञवालीलाई जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले राष्ट्रिय परिचय पत्र बितरण गरेकी थिइन् । यस्तै सोही कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थी, रेसुङगा नगरपालिकाका वडा नम्बर १ की बिष्णुमाया पाण्डे र वडा नम्बर ४ का कुलानन्द भण्डारीलाई परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रिय परिचय पत्र बितरण गरेका थिए ।

SHARE