
माघ २९,२०७७ गुल्मी : गुल्मीमा अन्दाजी १४ बर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २९ बर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
मालिका गाउँपालिका ४ अर्खाबाङका २९बर्षका रमेश भन्ने जगतबहादुर रानाले मदाने गाउँपालिका ४ म्यालपोखरी बिरौटाकी अन्दाजी १४ बर्षे बालिकालार्ई जबरजस्ती करणी गरेको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
रानाले माघ २६ गते दिउँसो करिब तीन बजेतिर ललाई फकाई कोठामा लगि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रबिणलाल श्रेष्ठले जानकारी दिए ।
रानालाई प्रहरीको हिरासदमा राखिएको र जिल्ला अदालत गुल्मीबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।








