अर्लाङकोटका दृष्टिविहिन खरेललाई बेलायतको सहयोग

0
252

सागर भण्डारी,
माघ २८,२०७७ गुल्मी : मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङ्कोटका दृष्टिविहिन बाबुराम खराललाई गुल्मी सेवा समाज बेलायतले आर्थिक सहयोग गरेको छ ।

जन्मजात दृष्टिविहिन रहेका खरालको जीवनयापन सहज होस् भनेर १० औँ अन्तरराष्ट्रिय अपागं दिवसको अवसर पारेर समाजले बेलायतमा रहेका नेपालीहरुसगंबाट सहयोग सकंलन गरेको थियो ।

मुकुन्द खरेलको सयोंजनमा सकंलित नगद १ लाख रुपैयाँ बाबुरामको घरमै पुगेर हस्तान्तरण गरिएको हो । त्यस्तै सहयोग रकम सकंलनमा समाजका अध्यक्ष टोप पल्ली र सचिव विर बरालले महत्वपुर्ण भूमिका खेलेका थिए । उक्त सहयोग रकम मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले दृष्टिविहिन खरेललाई हस्तान्तरण गरे ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख सापकोटाले विदेशमा रहेर पनि स्वेदश प्रतिको माया र सहयोग प्रशंसनीय रहेको भन्दै सहयोगी संस्था गुल्मी सेवा समाज बेलायतलाई धन्यवाद व्यक्त गरे ।
सहयोग रकम सदुपयोग गरेर कुनै सीपमूलक कार्यमा लगाउन समेत उनले आग्रह गरे । त्यस्तै सापकोटाले अपागंता भएका व्यक्तिहरुलाई राज्यको सहयोगले मात्रै नपुगेको भन्दै यी र यस्तै संस्थाको सहयोग आवश्यक रहेको बताए ।

अपागंता भएकाहरुको जीवनस्तर सहज बनाउन परिवार र समाजको भुमिका पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाई थियो । सहयोग रकम ग्रहण गर्दै खरेलले सहयोगी संस्था प्रति धन्यवाद व्यक्त गरे ।

रकम हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा, वडा नं ९ का वडाध्यक्ष नरेशराज खरेल, उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपालबाट समन्वय गर्नुभएका कमलराज खरेल स्थानीय पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

विपत र गुल्मीबासीको पीडामा अभिभावकको भुमिका निर्वाह गर्दै आएको गुल्मी सेवा समाज बेलायतले यस अगाडी पनि थुप्रै व्यक्तिलाई सहयोग गरिसकेको छ । समाजले अहिलेसम्म ४ वटा एम्बुलेन्स निशुल्क रुपमा प्रदान गरेको छ ।

त्यस्तै आशा अपागं केन्द्र तम्घासलाई ५ लाख बराबरको सामान, कोरोना महामारीको समयमा गुल्मीका १२ वटै स्थानीय तहमा माक्स सेनिटाईजर लगायतका अन्य स्वास्थ्य सामाग्री पनि समाजले वितरण गरेको थियो ।
त्यस्तै जिल्लामा हुने विभिन्न दैविप्रकोपका घटनाका पीडित र आर्थिक अभावमा रहेका परिवारलाई पनि सहयोग उपलब्ध गराउँदै आएको छ ।

SHARE