अखिल नेपाल महिला संघ गुल्मीद्धारा प्रजिअ मार्फत गृहमन्त्रालयलाई बिज्ञप्ती

0
624

सूर्य सुनार
माघ २८ ,२०७७ गुल्मी :अखिल नेपाल महिला संघ गुल्मीले भागरथी भट्टको बलात्कार पछि हत्या गरिएको घटना बारे प्रेस बिज्ञप्ती गृह मन्त्रालयमा पठाएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा मार्फत गृहमन्त्रालयमा भागरथी भट्टको बलात्कार पछि हत्या गरिएको घटना बारे प्रेस बिज्ञप्ती गृह मन्त्रालयमा पठाएको हो ।
बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको ०७७ माघ २२ गते बलात्कार पछि हत्या गरेको अवस्थामा शव फेला परेको घटनाप्रति अखिल नेपाल महिला संघ गुल्मीको गम्भीर ध्यानकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
घटनाको छानविन गरी अपराधमा संलग्न अपराधिलाई कानुनी कारर्बाहीको जोड्दार माग गरिएको छ । नेपालमै बाल अधिकारीसम्बन्धी महासन्धि अनुमोदन गरेको ३० वर्ष भएको कुरा उल्लेख गदै बालबालिकाहरुको बाच्न पाउने अधिकार सुनिचित गर्न समेत सरकारसंग माग गरिएको थियो ।
बालबालिका भनेको भोलिका देश निर्माता भएकाले उनीहरुको संरक्षणमा सरकार लाग्नुपर्ने अखिल नेपाल महिला संघ गुल्मीकी जिल्ला इन्चार्ज ललिता गौतमद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी शर्माले बिज्ञप्ती पत्र बुझदै गृहमन्त्रालयमा आजै पठाउने बताइन् ।

SHARE