व्यवसायीक बन्न चाहने कृषकलाई प्रोत्साहन गर्छौ : नगर प्रमुख थापा

0
374

सुशीला रेग्मी
माघ २७,२०७७ पाल्पा :रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले व्यवसायीक बन्न चाहने कृषकलाई प्रोत्साहनका कार्यक्रम नगरपालिकाले गरेको बताएका छन् । युवा कृषकलाई आयस्रोत बढाउन र कृषि व्यवसायमा लाग्न प्रोत्साहन स्वरुप युवा स्वरोजगार अनुदान, बाँझो जग्गामा अनुदान जस्ता कार्यक्रम गरिरहेको नगर प्रमुख थापा बताउछन् ।
पाल्पाको रामपुरमा भएको वातावरण मैत्री पशुपालन व्यवसायका लागि पशु स्वास्थ्य सेवामा असल अभ्यास प्रयोग विषयक एक दिवसिय गोष्ठीका अवसरमा नगर प्रमुख थापाले निर्वाहमुखी कृषिले आत्मनिर्भर बन्न नसकिने बताउँदै व्यवसायीक बन्न चाहने कृषकलाई व्यवसायमा लगानी गरिदिने बताए ।
रामपुर नगरले कृषकलाई नयाँ प्रबिधि सिकाउन जिल्लामै नमुनाका रुपमा सबैभन्दा ठुलो उच्च प्रबिधिको तरकारी (हाइटेक) टनेल निर्माण गरी संचालनमा ल्याइएको र यहाँ उपादन भएका कृषि उपज भण्डारणका लागि तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण कार्य गरेको छ ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभ स्टक सेक्टर ईनाभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग ईकाइ बुटवलको आयोजनामा गोष्ठी भएको हो ।
नगर उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यले भौगोलिक भु वनोटले मिलेको रामपुर कृषिका लागि उर्वर भूमी रहेकाले उत्पादन प्रशस्त लिन सकिने बताइन् ।
गोष्ठीको अवसरमा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा नगर कमिटी अध्यक्ष राजुप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चा रामपुरका सचिव रामप्रसाद गैरे, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल लगायतले आफ्ना धारणा राखेका थिए ।
सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाको व्यवस्थापनमा गोष्ठी भएको हो । रामपुर नगरपालिका नायव पशु सेवा प्राबिधिक राममाया फालको स्वागतबाट सुरु भएको गोष्ठीको संचालन सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका सचिव विनोद श्रेष्ठले गरेका थिए । गोष्ठीको सहजिकरण नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभ स्टक सेक्टर ईनाभेसन आयोजना विकेन्द्रिकृत पशु चिकित्सक लोकराज भुषाल, मासुविज्ञ डाक्टर छत्र केसी, भेटरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र पाल्पाका बरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्रबहादुर रानाले गरे ।
सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालले सहभागी सबैलाई धन्यबाद दिएका थिए भने गोष्ठी आयोजनाका पशु चिकित्सक लोकनाथ भुषालको अध्यक्षतामा चलेको हो ।

SHARE