केपी ओली इतिहासमै कलंकित बने : प्रचण्ड

0
272
फाइल फोटो

माघ २७, २०७७
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रविरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै कलंकित बनेको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको प्रतिक्रान्ति विरुद्ध संविधान, लोकतन्त्र गणतन्त्रको पक्षमा एकजुट हुन पनि आह्वान गरे।

पार्टी एकीकरणको समयदेखि नै लोकतन्त्र र संविधानविपरीत कार्यशैली देखाउँदै आएका ओलीले अहिले संविधान, लोकतन्त्र र गणतन्त्रविरोधी प्रतिक्रान्तिको बाटोमा हिँडेकाले आफूहरू त्यसविरुद्ध संघर्षमा उत्रेको उनले स्पष्ट पारे। संविधान, लोकतन्त्र र गणतन्त्रविरुद्ध गएर प्रधानमन्त्री ओली इतिहासमै कलंकित बन्न पुगेको उनले तर्क गरे।

केपी जीले जसरी प्रतिक्रान्तिको वकालत गर्न थाल्नुभयो। उहाँले बाजी हार्नुभयो। उहाँ कलंकित पनि हुनु भयो इतिहासमा र उहाँले जित्ने कुनै संभावना छैन। हामी जहाँ उभियौं, संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा, शान्ति र सम्मृद्धिको पक्षमा हामी उभियौं। त्यसकारण हामीले लडाईं जित्यौ। अब उहाँले एकपछि अर्को हार्नुबाहेक अर्को विकल्प छैन। हामी दह्रोसँग उभिँदा हाम्रो जित कसैले रोक्नै सक्तैन। हामी विजयी हुन्छौं।

SHARE