रेसुङ्गा नगरपालिका १० मा अनुदानमा ट्याङकी वितरण

0
416

सूर्य सुनार
माघ २६,२०७७ गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० मा अनुदानमा ट्याङकी वितरण गरिएको छ ।
रेसुङ्गा नगरपालिका १० को आर्थिक वर्ष २०७७÷०७८ को विनियोजित बजेटबाट छनोट भएका कृषि तथा पशु विकास, महिला लक्षित महिला शशक्तिकरण, दलित लक्षित कार्यक्रममा छनोट भएका स्थानीयलाई ट्याङकी वितरण गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले ट्याङकी वितरण गर्दै कृषि तथा पशु पालन क्षेत्रमा पानीको प्रयोग गर्न सहज हुने बताइन् । स्थानीय तहको निर्वाचन पछि रेसुङ्गा नगरपालिकामा विकासले तिब्रता पाएको
उनले दाबी गरिन । यहाँ पानीको समस्या छ, काम भइरहेको छ, नआतिनुहोस हामीले चुनावमा बोलेका कुरा विस्तारै पुरा गरेर जनताको समस्या समाधान गर्ने बताइन् ।
सही सदुपयोग नगरे कारवाही :प्रमुख प्रशासकीय अधिकृत
कार्यक्रमका रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत भक्तिराम मरासिनीले ट्याङकी पाउने स्थानीयलाई बधाई दिए । ट्याङकी पाउनु मात्र ठूलो कुरा होइन यसको संरक्षण गर्नु पहिलो कर्तव्य रहेको मरासिनीले बताए । यदी सही प्रयोग गरेको नपाइएमा आवश्यक कारबाही पनि गर्ने बताए ।

कार्यक्रमका सभाअध्यक्ष तथा रेसुङ्गा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पदमप्रसाद अर्यालले वडामा विकासका कामले तिब्रता पाएको दाबी गरे । यहाँ पानीको समस्या छ काम भइरहेको छ अब असार मसान्तमै एक घर एक धारा पुराएर वडा बासीलाई खुशी पार्ने बताए । ट्याङकी पाउने वडाबासीलाई ट्याङकीको संरक्षण पनि गर्ने आग्रह गरे । केही भएपनि पानी संकलन गरी कृषि कर्म गर्न कृषकलाई सहज हुने वडाध्यक्ष अर्यालले उल्लेख गरे ।

साथै ट्याङकी पाउदै वडा बासीहरुले खुशी व्यक्त गरेका थिए । अब केही भए पनि हामीलाई कृषि कर्म गर्न वडाकार्यालयले सहयोग गरेकोमा धन्यवाद दिए । जसमा २४० जनाले उक्त ट्याङकी पाएका थिए । कार्यक्रमको संचालन वडा सचिब रेखा अर्यालले गरेकी थिइन् ।

SHARE