नेकपा (प्रचण्ड–नेपाल पक्ष) गुल्मीको अध्यक्षमा सापकोटा

0
254

हुमाकान्त पोखरेल

माघ २६,२०७७ गल्मी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्ष गुल्मीको अध्यक्षमा सोमनाथ सापकोटा चयन भएका छन् । नेकपा प्रचण्ड–नेपाल पक्ष जिल्ला कमिटी गुल्मी र नेकपा लुम्बिनी प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले सापकोटाको नाम अनुमोदन गरेको हो । सापकोटा हाल मुसिकोट नगरपालिकाका मेयर समेत छन् ।
प्रधानमन्त्री केपि ओलीको प्रतिगमनविरुद्ध अडिकताका साथ लागेको र नागरिकको पक्षमा दरिलो आवाज उठाउन सक्ने भएकोले सापकोटालाई पार्टीको अध्यक्षमा चयन गरिएको नेता बुद्धि जिसीले जानकारी दिए ।
केन्द्रमा राजनीतिक विवाद उत्कर्षमा पुगेसँगै नेकपाका दुवै पक्षले जिल्ला–जिल्लामा आ–आफ्नो पक्षमा जिल्ला पदाधिकारी चयन गर्ने अभियानअन्तरगत सापकोटा अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष सापकोटाले प्रधानमन्त्रीको प्रतिगामी कदमबिरुद्ध अब जिल्लामा शसक्त रुपमा लाग्ने, सबै जनबर्गिय संगठन परिचालन गर्ने लगायतका काम गर्ने प्रतिक्रिया दिए ।

SHARE