रामपुरमा १५ शैयाको आयुर्वेद अस्पताल निर्माण सुरु

0
517

सुशीला रेग्मी
माघ २५,२०७७ पाल्पा : आयुर्वेद औषधी उपचार सेवालाई बिस्तार गर्न पाल्पाको रामपुर नगरपालिकामा पन्ध्र शैयाको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण कार्य सुरु भएको छ । अहिले नयाँ बन्ने भवनको काम धमाधम भइरहेको छ ।
संघीय सरकारको भवन निर्माण अन्र्तगत रु १० करोड ४८ लाख ७९ हजार ५०० को लागतमा नयाँ भवन निर्माण कार्य थालनी गरिएको हो । रामपुर नगरपालिकाको वडा नं ५ मा रहेको आयुर्वेद औषधालयलाई स्तरोन्नती गरी सोही ठाउँमा १५ शैयाको भवन निर्माण कार्य सुरु गरिएको हो ।
नयाँ बन्ने भवन निर्माण गर्न शिवशक्ति कन्ट्रक्सन प्रालीमार्फत २०७६ पुष २५ गते सम्झौता गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको कारण जारी बन्दाबन्दीले निर्माण कार्य सम्भmौता भएलगत्तै अगाडी बढ्न सकेन । कोरोनाको कहर कम हुदै गएपछि निर्माणजन्य सामग्री खरिद गरी अहिले काम भइरहेको छ ।
बाह« रोपनी आठ आना जग्गामा निर्माण हुदै गरेको नयाँ बन्ने भवनको जग खन्ने काम भने अघिल्लो आर्थिक वर्षमा नै सम्पन्न गरिएको थियो । यस आर्थिक वर्षमा भवन निर्माणको काम सुरु भएको छ ।
आगामी २०७८ भदौ २४ गते भित्रमा सम्पन्न हुने गरी निर्माण कम्पनी संग सम्झौता भई काम अगाडी बढेको रामपुर आयुर्वेद शाखा संयोजक तथा औषधालयका प्रमुख कविराज चेमप्रकाश पोखरेलले जानकारी दिए ।
आयुर्वेद अस्पतालमा नवौँ तह सम्मका डाक्टरको दरबन्दी रहनेछ । जसमा डाक्टर, कविराज, बैध, प्राबिधिक, कार्यालय सहयोगी लगायतका नेपाल सरकारले मापदण्ड गरेका कर्मचारीबाट सेवा दिइनेछ ।
पाल्पामा छ वटा आयुर्वेद औषधालयका शाखा र एक सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । जसअन्र्तगत रामपुर नगरपालिका भित्र दुई वटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक÷एक वटा रहेका छन् ।
औषधालयमा कविराज र बैध एक÷एक, प्राबिधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ । आयुर्वेदक तथा प्राकृतिक अस्पतालबाट ईमर्जेन्सी, एक्सरे, ल्याव लगायतका सेवा संचालन हुनेछ ।
औषधालयमा ओपिडि, जनरल, स्तनपायी आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिक लगायतका सेवा प्रवाह भइरहेको छ । पछिल्लो समय आयुर्वेद औषधी उपचरमा नागरिकको चाप बढ्दै गएको पाइएको छ ।
आयुर्वेद औषधीको सेवनले गानोगोला, ग्याष्ट्रिक, पेट दुख्ने, खाना खान रुची नहुने जस्ता समस्यालाई निको पार्ने भएकाले नियमित आयुर्वेद औषधी सेवन गर्दै आइरहेको जुना जिसी बताउछन् । अहिले कोरोनाले गर्दा आयुर्वेद औषधी सेवन गर्ने धेरै रहेको पाइएको छ ।

SHARE