किरण पुस्तकालयको अध्यक्षमा शशि पन्थी

0
354

सूर्य सुनार
माघ २४ ,२०७७ गुल्मी :किरण पुस्तकालयको ५३ औँ अधिवेशन शनिबार तम्घासको बालमन्दिरमा सम्पन्न भएको छ । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसले गर्दा अधिवेशन समयमै हुन सकेको थिएन तर ढिलो भए पनि संस्थाले शनिबारअधिवेशन सम्पन्न गरेको किरण पुस्तकालयका निवर्तमान कोषाध्यक्ष चनकबहादुर कुवँरले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख ढुण्डिराज पोखरेलले किरण पुस्तकालयमा अहिले सम्म रहेर शिक्षाको क्षेत्रमा काम गर्ने शिक्षाप्रेमीलाई धन्यवाद ज्ञापन गरे । गुल्मी जिल्ला शिक्षाको क्षेत्रमा अगाडी रहेको बताए । जसमा किरण पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको उनको भनाई थियो । रेसुङ्गा नगरपालिकाले पुस्तकालय संचालनको जिम्मेवारी लिदाँ राम्रो हुने उनको तर्क छ ।

रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय, वडा नम्बर ८ का वडाअध्यक्ष भरत भलामी, वडा नम्बर १० का वडाध्यक्ष पदमप्रसाद अर्यालले किरण पुस्तकालयको साथमा नगरपालिका रहेको भन्दै आवश्यक सहयोग पुस्तकालयलाई आगमी दिनमा गर्ने प्रतिवद्धता जनाएका थिए ।
पुस्तकालयको भवन बनेको छ यहाँ अब आवश्यक दक्ष जनशक्ति आवश्यक रहेको पनि बताएका थिए ।

किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले भवन बनेको छ तर काम गर्ने जनशक्तिको अभाव भएको बताए । जस्तो भवन छ हामीले त्यस्तै दक्ष जनशक्ति राखेर पुस्तकालयको विकास गर्न चाहेको बताए।
किरण पुस्तकालयका निवर्तमान सचिब दीन पन्थीले संस्थाले गरेका कामहरुको बारेका जानकारी गराएका थिए । नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइको सहयोगमा भवन बनेको हो ।
पूर्वमन्त्री गोकर्णराज विष्टलाई भवन निर्माणको लागि सहयोग जुटाइदिएकोमा धन्यवाद ज्ञापन गरे।
किरण पुस्तकालयका निवर्तमान कोषाध्यक्ष चनकबहादुर कुवँरले संस्थाको आम्दानी तथा खर्च विवरण प्रस्तुत गरेका थिए। जसमा पुस्तकालयको कूल आम्दानी ७ लाख १० हजार २५५ रहेको छ । खर्च ६ लाख ८६ हजार ५११ रुपियाँ खर्च भएको र २३ हजार ७४४ रुपियाँ बचत रहेको संस्थाका निवर्तमान कोषध्यक्ष कुवँरले बताए ।
अधिवेशन बाट अध्यक्षमा शशि पन्थी चयन भएका छन् । जसमा ९ सदस्य समिति रहेको छ । उपाध्यक्ष दीन पन्थी, सचिब चनकबहादुर कुवँर, कोषाध्यक्ष हिमकला राना, सदस्यहरु नन्दराम भुसाल, गोपाल पन्थी, बाम बहादुर केसी, र दुई जना सदस्य भने नगरपालिका बाट एक जना र गैरसहकारी संघबाट एक जना गरी ९ जनाको कार्यसमिति बनेको संस्थाका वर्तमान सचिब चनकबहादुर कुवँरले जानकारी दिए ।

SHARE