मालिकामा १२० जना जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप टर्च लाइट ,रेडियो र ब्ल्याङकेट

0
371

तिलाचन पाण्डे
माघ २३,२०७७ गुल्मी : मालिका गाउँपालिकाले ७५ बर्ष उमेर कटेका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप टर्च लाइट ,रेडियो र ब्ल्याङकेट बितरण गरेको छ ।
मालिका गाउँपालिकाको वडा नम्बर पाँच छापहिलेमा रहेका १२० जना जेष्ठ नागरिकहरुलार्ई स्थानीय सरकारको अनुभूती दिन र जेष्ठ नागरिकहरु संगै स्थानीय सरकार रहेको भन्दै सम्मान गरिएको गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
जेष्ठ नागरिकहरुलाई एक्लै बस्दा रेडियो सुन्न सकिने , रातीमा शौच गर्न जाँदा टर्च लाइट साहारा हुने , चिसोको समयमा ब्ल्याङकेट न्यानो हुने र चिसोबाट बच्न सकिने भएकाले मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमबाट सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा र उपाध्यक्ष देवा अर्यालले जेष्ठ नागरिकहरुको साथमा स्थानीय सरकार रहेको बताएका छन् । उनीहरुले जेष्ठ नागरिकहरुलाई अहिले प्रदान गरिएका सामाग्रीहरु बढी उपयोगी हुने बताए ।
पहिले गाउँबिकास समिति हुँदा पनि लक्षित बर्गको कार्यक्रम अनुसार जेष्ठ नागरिक सम्मान कार्यक्रम पनि हुने गरेको स्मरण गर्दै जेष्ठ नागरिकहरु संगै स्थानीय सरकार सधै साथमा रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
उनीहरुले जेष्ठ नागरिकहरुलाई हेला नगरी माया गर्नुपर्ने भन्दै उचित स्याहार गर्न र चिसोबाट बचाउन गाउँवासीहरुलाई आग्रह समेत गरेका थिए ।

SHARE