दुई लाख रकमसहित सातजना जुवाडे पक्राउ

0
335

माघ २३,२०७७ दाङ : दाङमा जुवा खेलिरहेको अवस्थामा दुई लाखभन्दा बढी रुपैयाँसहित सातजना पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका–९ तेघरास्थित केशरबहादुर शाहको घरमा जुवा खेलिरहेको अवस्थामा सातजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनीहरुलाई बिहीबार राति करिब साढे १० बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट दुई लाख २० हजार ७०० रुपैयाँ र ६ गड्डी तास पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

पक्राउ पर्नेमा घरधनी केशरबहादुर शाहका ३८ वर्षीय छोरा प्रज्ज्वल शाह, घोराही–२ का २३ वर्षीय रोहन खाती, घोराही–१६ का ३३ वर्षीय धीरण शाह, घोराही–१३ का २० वर्षीय सुनिल पुनमगर, घोराही–७ का २२ वर्षीय पंकज पन्त, घोराही–९ का ५४ वर्षीय होमबहादुर केसी र रोल्पाको त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय विजय गाहामगर रहेका प्रवक्ता रिजालले जानकारी दिए। पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

SHARE