बर्दियाका साढे दुई हजार विद्यार्थीलाई न्यानो कपडा

0
621

माघ २३,२०७७ बर्दिया : ठाकुरबाबा नगरपालिकाका विभिन्न विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ। लुम्बिनी प्रदेश सरकारद्वारा प्रदेशको सामाजिक विकासका लागि सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत बालबालिकालाई ट्रयाक सुटलगायतका न्यानो कपडा वितरण गरिएको हो।

बालबालिकाको विद्यालय पहुँच अभिवृद्धिका लागि पोशाक वितरण गर्दै ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले लुम्बिनी प्रदेश सरकारलाई सामाजिक विकासको अभियानमा लगानी गरेकोमा धन्यवाद दिए।

ठाकुरबाबा नगरपालिकाका २७ सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकासदेखि कक्षा २ सम्ममा २ हजार ७५६ बालबालिकालाई पोशाक वितरण गरिएको नगरपालिकाले जनाएको छ।

SHARE