कालीगण्डकीमा जीप दुर्घटना ः एकको मृत्यु

0
586

तिलाचन पाण्डे
कात्तिक ६, २०७६ गुल्मी ः
मंगलबार राती गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ३ को मुल्क देखि जयखानी जाने क्रममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
लु १ च ४५८६ नं को जीप उकालोमा जार्दै गर्दा अचानक ब्रेक फेल भई गाडी ब्याक हुँदा जीपमा सवार कालीगण्डकी गाउँपालिका वडा नं ३ जयखानी बस्ने ४८ बर्षिय झुम बहादुर बिकको टाउकोमा चोट लागी गम्भिर घाइते भएका बिकको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मंगलबार राती मृत्यु भएको प्रहरी चौकी पुर्तिघाटका प्रहरी साहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए । खनालका अनुसार जीप र जीप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।

SHARE