तिलाचन पाण्डे
माघ २२,२०७७ गुल्मी : जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले पछिल्लो समयमा जिल्लामा भएका बिकास निर्माणको प्रतिफल र प्रभाकारीताका बिषयमा चासो राखेका छन् ।
उनले मदन भण्डारी राजमार्ग,सडक पूर्वाधार बिकास कार्यालय,कृषि ज्ञान केन्द्र ,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , सिंचाई बिकास डिभिजन कार्यालय तथा जिल्लामा सरकारी तथा गैर सरकारी क्षेत्रबाट संचालनमा रहेका बिकास निर्माणमा प्रभाकारीताकाको बिषयमा प्रमुखहरुरुलाई बोलाई छलफल गरेका थिए ।
साथै जिल्लामा संचालनमा रहेका बिकास निर्माणका योजनाहरुको प्रभाबकारी अनुगमन , सुझाब र मार्गदर्शन दिने बिषयमा पनि छलफल भएको थियो ।