गुल्मीमा ११ सय ७७ जनाले लगाए कोरोना बिरुद्धको खोप

0
423

तिलाचन पाण्डे
माघ २१,२०७७ गुल्मी : गुल्मीमा ११ सय ७७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
माघ १५ गते बिहीबारदेखि सुरु भएको खोप कार्यक्रम अन्र्तगत कुल ११ सय ७७ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।
बिहीबार १५ गते पहिलोे दिन ७८ जना स्वास्थ्यकर्मी, १९ जना सरसफाइकर्मी र चारजना एम्बुलेन्स चालक गरी कुल १०१ जनालाई खोप प्रदान गरिएको थियो ।
स्वास्थ्यकर्मी , सरसफाइकर्मी , फोहोरफाल्ने गाडीका चालक सहचालक र एम्बुलेन्स चालकहरुलाई प्राथमिकतामा राखी खोप प्रदान गरिरएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
जिल्लामा २४ गतेसम्म कुल एक हजार ८७० जनालाई कोरोनाविरुद्धको खोप प्रदान गरिने छ । जसमा जिल्ला अस्पतालसहित स्थानीय तहका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयम् सेविका लगायतले खोप लगाउनेछन् ।
जसको लागि चार हजार १८० डोज खोप जिल्लामा आइसकेको छ । पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइने आचार्यले बताए । अहिले सुरुको चरण भएकोले डाक्टरहरुसँगको समन्वयमा खोप कार्यकर्ताले खोप लगाइदिएका छन् ।

SHARE