गुल्मीमा दुई लाख १२ हजार मतदाता

0
887

हुमाकान्त पोखरेल
माघ २१,२०७७ गुल्मी :गुल्मीमा कुल दुई लाख १२ हजार ९४९ मतदाता रहेका छन् । यसभन्दा अगाडी ०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा कुल एक लाख ९६ हजार ३४२ मतदाता रहेका थिए ।
अघिल्लो निर्वाचनभन्दा अहिले १६ हजार ६०७ जना मतदाता थपिएका छन् । तर अघिल्लो निर्वाचनपश्चात मृत्यु भएका मतदाताको सङ्ख्या यसमा घटाइएको छैन । त्यस्तै अहिले सम्बन्धित पालिकामा मतदाता नामावलीमाथि अध्यावधिक गर्ने, विरोध तथा त्रुटि सच्याउने काम भइरहेकोले भने यकिन मतदाता सङ्ख्या आउन भने केही समय लाग्ने जिल्ला निर्वाचन कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख श्यामलाल पाण्डेले जानकारी दिए ।
०७४ मा एक लाख ९६ हजार ३४२ मतदाता रहेकोमा एक लाख एक हजार ६६१ जना महिला, ९४ हजार ६८० पुरुष तथा एकजना तेस्रो लिङ्गि थिए । भने निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाचँ हजार ४२५ मतदाता थिए भने क्षेत्र नम्बर २ मा ९० हजार ९१७ मतदाता रहेका थिए । अहिले पहिलेभन्दा १६ हजार मतदाता बढ्ने अनुमान जिल्ला निर्वाचन आयोगले गरेको छ ।
जिल्लामा निर्वाचनको लागि १२ वटा नयाँ मतदान स्थल थप गर्न जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले सिफारिस गरेको छ । जसअन्तरगत रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकामा तीन÷तीनओटा, चन्द्रकोट र सत्यवतीमा दुई÷दुई तथा गुल्मीदरबार र कालिगण्डकीमा एक÷एकओटा केन्द्र थप गर्न सिफारिस गरिएको निमित्त कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।
यसभन्दा अगाडी १३८ मतदान स्थल रहेकोमा अहिले सिफारिस गरिएका स्थल स्वीकृत भए जिल्लामा कुल मतदान स्थलको सङ्ख्या १५० हुनेछ । निर्वाचन आयागले ०७७ पुष ५ गतेसम्म १८ बर्ष उमेर पुरा भई मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुलाई आगामी निर्वाचनका लागि मतदाताको रुपमा योग्य ठहर गरेको छ ।

SHARE