इशु बस्नेतसहित राससकर्मीका सन्तति सम्मानित

0
218

काठमाडौँ २१ माघ । नेपाल पत्रकार महासंघ राष्ट्रिय समाचार समिति (रासस) प्रतिष्ठान शाखाको वार्षिक साधारणसभाको अवसरमा संस्थामा कार्यरत पत्रकार एवं कर्मचारीका यस वर्ष माध्यमिक शिक्षा परीक्षा(एसइई) उत्तीर्ण सन्ततिलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा कार्यकारी सम्पादक मनोज कार्कीका छोरा रणवीर कार्की, कार्यकारी सम्पादक सूुर्यचन्द्र बस्नेतकी छोरी इशुु बस्नेत, उपसमाचारदाता राजकुुमार पराजुुलीकी छोरी निर्जला पराजुली र कम्प्युुटर अपरेटर पूूर्णबहादुर कार्कीकी छोरी ब्रेन्जुु कार्की छन्।
शाखाले केही वर्षदेखि प्रत्येक बर्ष असार १५ का दिन सन्तति सम्मानलगायत रचनात्मक कार्यक्रम गर्दै आएकामा यस वर्ष कोरोनाका कारण सम्मान कार्यक्रम आज आयोजना गरिएको हो । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रकाश थापाले उनीहरुलाई एक समारोहमा टीका, माला र प्रशंसापत्रद्वारा सम्मान गरेो ।
सो अवसरमा महाप्रबन्धक शर्माले महासंघ रासस शाखाले गर्ने रचनात्मक कार्यले संस्थाको सुदृढीकरणमा योगदान पुगेको बताए । उनले विद्यार्थीहरुलाई सुझाव दिँदै भने, “मुलुुकका विभिन्न विधाको नेतृत्वको सम्भावना बोकेका तपाईँ एसइई उत्तीर्ण विद्यार्थीलाई शाखाले भविष्यमा पनि अझ राम्रो नतिजा हासिल गर्न उत्साह प्रदान गरेको छ, तपाईँहरुले देश र समाजलाई सही बाटोमा हिँडाउन र दत्तचित्त भई अध्ययनमा विशेष ध्यान पुु¥याउनुुहुुनेछ ।”
महासघका सचिव थापाले लोकतन्त्र र प्रजातन्त्रका लागि अग्रपङ्क्तिमा रही योगदान पुु¥याएका पत्रकार अहिले ठूूलो सङ्ख्यामा कोभिड–१९ पछि उत्पन्न परिस्थितिका कारण बेरोजगार भई अप्ठेरो परिस्थितिसँग जुुध्न परिरहेको हुुुँदा तिनको हकहितका लागि महासङ्घले विभिन्न पहल गरिरहेको जानकारी दिए ।
शाखाका अध्यक्ष नारायणप्रसाद घिमिरेले आफ्नो नेतृत्वकालमा हालसम्म शाखाबाट प्रदान गरिएको पुुरस्कार, सम्मान र अन्य रचनात्मक कार्यक्रमबारे जानकारी गराए । सभाले सचिवका तर्फबाट अध्यक्ष घिमिरे र कोषाध्यक्ष नारायणप्रसाद न्यौपानेबाट प्रस्तुुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित ग¥यो ।

SHARE