रामपुरमा सोडा तथा सरफ बनाउने कार्य शुभारम्भ

0
992

सुशीला रेग्मी

माघ १७,२०७७ पाल्पा :पाल्पा रामपुरका महिलाहरुले व्यवसायीक रुपमा सोडा तथा सरफ बनाउने कार्य सुरु गरेका छन् ।
गतवर्ष परिक्षणका रुपमा उत्पादन भएको सोडा तथा सरफ राम्रो भएपछि अहिले व्यवसायीक उत्पादनलाई जोड दिएका छन् । जनचेतना आमा समुह रामपुर नगरपालिका वडा नं ८ रानिबास पाल्पाले औपचारिक रुपमा सोडा तथा सरफ बनाउने कार्यक्रम शुभारम्भ गरेको छ ।

समुहका अध्यक्ष डिलमाया खाँणको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा थिए । नगर प्रमुख थापाले सोडा तथा सरफ उत्पादनका लागि मेसिन सहयोग गर्ने र उत्पादन भएको सामान बजारमा खपत नभएको खण्डमा नगरपालिकाले बजारीकरणको प्रबन्ध मिलाउने बताउनुभएको छ । रामपुर नगरपालिकाले सीप विकास सम्बन्धी महिलाहरुका लागि धेरै प्रकारका तालिम संचालन गरेपनि कमैले मात्र व्यवहारमा उतारेको बताउँदै नगर प्रमुख थापाले गुणस्तरीय उत्पादन गरी रामपुरको पहिचान बनाउन अनुरोध गरे ।

नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले महिलाहरुले गरेको यस कार्य अन्य महिला दिदिबहिनीले पनि सिको गरी फुर्सदको समय सदुपयाग गर्दै घरखर्च चलाउन सकिने बताउनुभएको छ । सोडा तथा सरफ उत्पादनको लागि थप सीप विकास प्रदान गर्न ठुला उद्योगमा महिलाहरुलाई अवलोकन गराउने बताइन् ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष हिमाल मल्ल, कार्यपालिका सदस्य सावित्रा गौतम, रामपुर नगरपालिका वडा नं ८ का वडा सदस्य मोहन श्रेष्ठ, वडा नं ५ का वडा सदस्य माया नेपाली, समुहका सल्लाहकारहरु धर्म आचार्य, ज्ञानप्रसाद अर्याल, नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सचिव दिवाकर देवकोटा, स्थानीय सूर्यप्रसाद आचार्य लगायतले बोल्दै महिला समुहले गरेको यस कार्य अत्यन्तै राम्रो रहेको बताउनुहुदै उत्पादन बृद्धि गर्न जोड दिए ।

समुहका सदस्य भगवति वाग्लेको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सदस्य सविता अर्यालले गर्नुभएको हो । रामपुर नगरपालिकाले गतवर्ष तालिम दिएपछि समुहमा महिलाले सोडा तथा सरफ बनाउन सुरु गरेका हुन् । नगरपालिकाले ६ वटा महिला समुहलाई सोडा तथा सरफ बनाउने तालिम प्रदान गरेको हो ।

SHARE